Sahaj Patrika

Sahaj Patrika - सहज पत्रिका देस बिदेस को खबर तथा मनोरंजन को साथ्

Responsive Ads Here

Wednesday, October 20, 2021

सरकारले दुइ लाख राहत दिने भयो बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई

 

सरकारले दुइ लाख राहत दिने भयो बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई

कात्तिक ३, जनही २ लाख रुपैयाँ राहत सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको एक मन्त्रीले जनाए ।

गत साता यता भइ रहेको वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर ५० जना भन्दा धेरैको मृत्यु भएको छ ।

प्रति-घर ५० हजार -बासस्थान भत्किएकालाई

गत साता यता भइ रहेको वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबा-र नै सिंहदरबारमा बसे-को विपद् व्यवस्थापन परिषदको बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठक-पछि राष्ट्रिय वि-पद् जोखिम न्यूनिकरण तथा व्यवस्था-पन प्राधि-करणका कार्यकारी प्रमुख डा. अनि-ल पोखरेलले बुधबार मध्यन्हसम्म ५२ जनाको बा-ढी तथा पहिरोमा परेर मृत्यु भएको बताउँदै तत्काल राहतका ला-गि सरकार लागि पर्ने बताए ।

बैठ-कमा प्रधानम-न्त्री शेरब-हादुर देउ-वाले गएको तीन दिनमा नेपाल-ले भोग्नुपरेको घटना दुख-द् भएको बता-उँदै सबै सरोका-रवाला निकायहरुलाई तत्काल राह-त र उद्धारमा खटिन निर्देशन दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृ-त पोखरे-लका अनुसार प्रधान-मन्त्री देउवाले बाढी, पहिरोले क्षति पुयाएको स्थानमा आफैँ जाने पनि बताएका छन् ।